7 years ago
October 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया लिगा १ मा लगातार दोस्रो जित हासिल गरेको छ । गए राति बोर्नियोसँगको खेलमा १–० ले पछि परेर पनि पर्सिजाले अन्ततः खेल २–१ ले जितेको थियो ।
यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा पर्सिजाले हार बेहोरेको थियो । अक्टुबर १८ मा पेरिसपुरासँग ३–० ले पराजित भएको पर्सिजाले पछिल्लो खेलमा सेमेन पाडाङ २–० ले हराएको थियो ।
हिजो एस सम्माको गोलबाट घरेलु टोलीले ५० औं मिनेटमा अग्रता लिएको थियो । तर ७७ औं मिनेटमा आर लेस्तालुहुले गोल गर्दै पर्सिजालाई खेलमा फर्काएका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा बी पामुङकासले गरेको गोल निर्णायक बनेको थियो । रोहितले पुरै समय खेलेका थिए ।
जितपछि पर्सिजा अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । ३२ खेलमा १५ जित, १० बराबरी र ७ हार खेलेको पर्सिजाको ५५ अंक छ । ४६ अंकसहित बोर्नियो आठौं स्थानमा छ । शीर्षस्थानको भंयङकराको ६२ अंक छ ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]