default_image

7 years ago

October 29, 2017

चेल्सीको जितमा हाजार्डको निर्णायक गोल

64 views

0 Bookmark

बोर्नमथ (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सीले बोर्नमथलाई उसको घरेलु मैदानमा ले हराएको चेल्सीको जितमा मिडफिल्डर एडेन हाजार्डले निर्णायक गोल गरेका थिए

Hazard

पहिलो हाफमा चेल्सीका स्ट्राइकर एल्भारो मोराटाले आफ्नो टोलीलाई अग्रता दिलाउने दुई सुनौला अवसर पाएका थिए तर उनले एउटा प्रहार पोस्टबाहिर हाने भने अर्को प्रहारलाई गोलकिपर अस्मिर बेगोभिचले राम्रो बचाऊ गरेका थिए

दोस्रो हाफ सुरु भएको केहि मिनेटमै चेल्सी खेलमा अग्रता लिन सफल भएको थियो मोराटाको पासमा हाजार्डले बेगोभिचलाई नियरपोस्टमा बिट गरेका थिए हाजार्डको सो प्रहार चेल्सीलाई पूरा तीन अंक दिलाउन पनि पर्याप्त भयो

बोर्नमथले भने खेलभरी नै खासै राम्रो आक्रमण गर्न सकेन दोस्रो हाफमा जोर्डन आइबको प्रहार डिफ्लेक्ट भई पोस्टबाट केहि माथि गएको थियो भने खेलको अन्तिम समयमा स्टेभेन कुकले खेल बराबरी गर्ने अवसर पाए पनि आफ्नो प्रहार सिधै चेल्सीका गोलकिपर थिबो कोर्टुवातिर हानेका थिए

यस जितसँगै चेल्सी १० खेलमा १९ अंकसहित तालिकाको चौथो स्थानमा भने बोर्नमथ अंकसहित उन्नाइसौँ स्थानमा रहेको

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

Success

Thank you for your time.