7 years ago
October 29, 2017
न्यू योर्क (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको ‘ब्रान्ड भ्यालू ‘ अर्जेन्टिनी सुपरस्टार लियोन मेस्सी भन्दा धेरै रहेको छ । अमेरिकी बिजनेस म्यागजिन फब्र्सले प्रकाशित गरेको विश्वका मूल्यवान एथलीट को सूचीमा कोहली सातौं र मेस्सी नवौं स्थानमा छन् ।
फब्र्सका अनुसार कोहलीको ‘ब्रान्ड भ्यालू ‘१४.५ मिलियन अमेरिकी डलर छ । मेस्सीको १३.५ मिलियन डलर रहेको उल्लेख गरिएको् छ । फोब्र्सको शीर्ष १० मा पर्ने कोहोली एकमात्र क्रिकेटर हुन् ।
पहिलो स्थानमा चर्चित टेनिस हस्ती रोजर फेडेरर छन् । उनको मूल्य ३७.२ मिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा बास्केटबलका लेब्रोन जेम्स र तेस्रो स्थानमा उसियन बोल्ट छन् ।
जेम्सको मूल्य ३३.४ मिलियन रहेको छ भने बोल्टको ब्रान्ड भ्यालु २७ मिलियन छ । चौथो स्थानका पोर्चुगेली फरवार्ड क्रिस्टियानो रोनाल्डोको मूल्य २१.५ मिलियन अमेरिकी डलर रहेको उल्खेल छ ।
फब्र्सको सुचिमा परेका शीर्ष १० खेलाडी
१. रोजर फेडेरर – ३७.२ मिलियन डलर
२. लेब्रोन जेम्स – ३३.४ मिलियन डलर
३. उसियन बोल्ट – २७ मिलियन डलर
४. क्रिस्टियानो रोनाल्डो – २१.५ मिलियन डलर
५. फिल माइकेलसन् – १९.६ मिलियन डलर
६. टाइगर वुड्स – १६.६ मिलियन डलर
७. विराट कोहली – १४.५ मिलियन डलर
८. रोरी म्याकरोइ – १३.६ मिलियन डलर
९. लियोनल मेस्सी – १३.५ मिलियन डलर
१०. स्टेफेन करी – १३.४ मिलियन डलर
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]