7 years ago
October 29, 2017
बिल्बाओ (एजेन्सी) – ला लिगामा गए राति एथ्लेटीक बिल्बाओलाई २–० ले हराउँदै बार्सिलोनाले शीर्षस्थानको पकडलाई थप बलियो बनाएको छ । लियोनल मेस्सी र पौलिन्होले बार्सिलोनाका लागि गोल गरे । गोलकिपर टर स्टेगेनले उच्च प्रदर्शन गर्दै बार्सिलोनालाई जित दिलाउन मद्धत गरे ।
मेस्सीले खेलको ३६ औं मिनेटमा सिजनको १२ औं गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । घरेलु टोलीले थुप्रै पटक खेलमा फर्कने प्रयास गरेपनि बार्सिलोनाको गोलकिपर स्टेगेनले बार्साको अग्रता जोगाएका थिए । अरिज अडुरिचलाई वोन अन वोनमा रोक्दै पहिलो हाफमा बार्सिलोनालाई जोगाएका जर्मन गोलकोपर स्टेगेनले दोस्रो हाफमा पनि अडुरिचको हेड मार्फतको प्रयासलाई विफल पारेका थिए । रियलसँग सुपर कपमा पराजय भोगेयता उत्कृष्ट प्रदर्शन गरेका स्टेगेनले १३ खेल यता सिजनको १० औं क्लिन सिट हात पारेका हुन् ।
दोस्रो हाफमा गोल गर्दै बराबरी गर्न प्रयासरत बिल्बाओका लागि राउल गार्सियाको प्रहार बारमा लागेर बाहिरिएको थियो । पौलिन्होले खेलको इन्जुरी समयमा बार्सिलोनाको अग्रता दोब्बर गर्दै बार्सिलोनाको जित निश्चित गरे ।
जितसँगै बार्सिलोनाको १० खेलमा २८ अंक छ भने भ्यालेन्सियाले अलाभेसलाई हराएको भ्यालेन्सिया दोस्रो स्थानमा २४ अंकको साथमा दोस्रो स्थानमा छ । २० अंक सहित तेस्रो स्थानमा रहेको रियलले आज गिरोनाको सामना गर्दैछ ।
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]