7 years ago
October 28, 2017
दिपेश तिमलसिना
कोलकाता –इङ्ग्ल्यान्डले फिफा यु १७ विश्व कप फुटबलको उपाधि जितेको छ । स्पेनलाई आज ५-२ ले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको हो । दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इङ्ग्ल्यान्डले आफ्नो पहिलो यु-१७ विश्व कप जितेको हो ।
खेलको दशौँ र ३१ औँ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई बलियो स्थितिमा पुर्याएका थिए । तर रायन ब्रुस्टरले पहिलो हाफको अन्तिमतिर गोल गर्दै इङ्ग्ल्यान्डलाई खेलमा फर्काउन खोजेका थिए ।
दोस्रो हाफमा भने इङ्ग्ल्यान्ड थप चार होल गर्न सफल रह्यो । मोर्गन गिब्ब्स-व्हाइटले ५८ औँ मिनेटमा गोल गर्दै खेल बराबरी पारेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका युवा खेलाडि फिल फोडेनले ६९ औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई पहिलो पटक खेलमा अग्रता दिलाएका थिए ।
८४ औँ मिनेटमा मार्क ग्विहीले डिफेन्डर जोनाथन पान्जोको पासमा गोल गर्दै स्कोर ४-२ पारेका थिए । खेल सकिन केहि समय रहँदा फोडेनले फेरि गोल गर्दै इङ्ग्ल्यान्डको निकै आकर्षक कम-ब्याक पनि सुनिश्चित गरे ।
यस प्रतियोगितामा कुल ८ गोल गरेका रियान ब्रुस्टरले सर्वाधिक गोल गर्दै गोल्डेन बुट पाए भने फोडेन प्रतियोगिताको उत्कृष्ट खेलाडि घोषित हुँदै गोल्डेन बल जिते । त्यस्तै ब्राजिलले भने फेयर-प्लेको उपाधि जितेको हो । भारतमा आयोजित यस २३-दिने प्रतियोगिता ६ अक्टोबरदेखि सुरु भएको हो ।
March 30, 2025
एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]