default_image

7 years ago

October 28, 2017

सिटीको विजयी यात्रा जारी, आर्सनल र लिभरपुललाई सफलता

117 views

0 Bookmark

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राख्दै वेस्ट ब्रोममाथि ३-२ को जित दर्ता गरेको छ । त्यस्तै आर्सनल र लिभरपुल पनि अाआफ्ना खेलहरुमा विजयी रहे ।

वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा तीन गोल पाँच मिनेटको अवधिमा भएको थियो । खेलको दशौँ मिनेटमा लेरोय सानेद्वारा सिटीले अग्रता लिएको थियो । तर ग्यारेथ ब्यारिको पासमा जे रोड्रिगेजले गोल गर्दै स्कोर १-१ बनाएका थिए । सिटीले सो गोलको २ मिनेटभित्रै फर्नान्डिन्होको गोलबाट पुन: अग्रता लिन सफल भएको थियो ।

त्यस्तै दोस्रो हाफमा सब्सटीट्युसनबाट आएको तीन मिनेटमै रहिम स्टेर्लिङले गोल गर्दै सिटीको जित लगभग सुनिश्चित गरेका थिए । इन्जुरी समयमा वेस्ट ब्रोमका म्याट फिलिप्सले गोल गरे पनि घरेलु टोली यस खेलबाट अंकविहीन नै फर्किन पर्‍यो ।

त्यस्तै लिभरपुल पनि हडर्सफिल्डलाई ३-० ले हराउन सफल भयो । लिभरपुलका लागि ड्यानियल स्टरेज, रोबर्टो फिर्मिनो र जर्जिनियो वाइनाल्डमले गोल गरे । पहिलो हाफमा लिभरपुलका फरवार्ड मोहम्मद सालाह पेनाल्टीबाट चुकेका पनि थिए ।

त्यस्तै शीर्ष ६ को अर्को टोली आर्सनल पनि जित दर्ता गर्न सफल रह्यो । पहिलो हाफमा स्याम क्लुकासको गोलबाट पछि परेको आर्सनल दोस्रो हाफमा खेलमा फर्केको थियो । आर्सनलका लागि सिड कोलासिनाच र आरोन राम्सिले गोल गरेका थिए ।

त्यस्तै स्टोक सिटीले वाटफोर्डलाई १-० ले हरायो भने वेस्ट ह्याम र क्रिस्टल प्यालेसले २-२ बराबरी खेल । यी नतिजासँगै म्यानचेस्टर सिटी २८ अंकसहित पहिलो स्थानमा यथावत् छ भने लिभरपुल छैठौं तथा आर्सनल चौथो स्थानमा उक्लेका छन् ।

March 30, 2025

प्यालेस र फरेस्ट एफए कपको सेमिफाइनलमा

एजेन्सी – क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्ट शनिवार एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एबेरेची इजेको एक गोल र एक असिस्टको मद्दतमा प्यालेसले फुलहमलाई ३-० ले हरायो । अर्को खेलमा गोलकिपर माट्ज सेल्स फरेस्टका लागि नायक बने। जसले उनले ४-३ को पेनाल्टी सुटआउट जित्न दुई बचाउ गरे। ब्राइटनसँगको खेल ०-० को बराबरीमा सकिएपछि टाइब्रेकर […]

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.