default_image

7 years ago

October 28, 2017

पिएसजीको जितमा काभानी चम्किए, नेयमार दर्शक

60 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले निसलाई ३-० ले पराजित गर्‍यो ।पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए ।

मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीमार्फत पिएसजीले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो ।

एन्जल डि मारियाको फ्रिकिकमा काभानीको सुन्दर हेडरद्वारा घरेलु टोलीले अग्रता लिएको थियो । त्यस्तै डि मारियाको चिप बलमा किपरलाई आफ्नो सुन्दर टचले बिट गर्दै काभानीले ३१ औँ मिनेटमा आफ्नो र टोलीको दोस्रो गोल गरे । सो गोल लिगमा काभानीको एघारौँ गोल थियो ।

त्यस्तै दोस्रो हाफमा पनि पिएसजी थप एक गोल गर्न सफल रह्यो । काभानीको हेडिङ पासलाई डि मारियाले गोल हान्न खोज्दा निसका डिफेन्डर डान्टेलाई लागेर बल पोस्टभित्र छिरेको थियो । यस गोलसँगै पिएसजीले आफ्नो ३ अंक पनि सुनिश्चित गर्‍यो ।

पिएसजी ११ खेलमा ३४ गोल गर्दै २९ अंकसहित लिग १ को शीर्ष स्थानमा छ भने निस केवल १० अंकसहित १४ औँ स्थानमा छ ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.