7 years ago
October 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज तेस्रोमा रहेको टोटनह्यामसँग भिड्दै छ । नेपाली समय अनुसार बेलुकाको ५.१५ बजे सुरु हुने सो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिँदै छ ।
टोटनह्यामले आज आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनलाई ह्यामस्ट्रिङमा चोटका कारण गुमाउने छन् । उनको स्थान हिउङ-मिन सन अथवा फर्नान्डो लोरेन्टेले लिने सम्भावना छ । त्यस्तै डिफेन्डर ड्यानि रोज र मिडफिल्डर मुसा डेम्बेले भने चोटपछि टोलीमा फर्किँदै छन् ।
अर्को तर्फ गत साता हडर्सफिल्ड विरुद्ध यस सातको पहिलो हार बेहोरेको घरेलु टोलीका लागि डिफेन्डरद्वय फिल जोन्स र एरिक बाई दुवै टोलीमा आगमन गर्न सक्ने छन् । पल पोग्बा, मरोएने फेलाइनी र माइकल क्यारिक भने अझै घाइते रहेका छन् ।
युनाइटेड आफ्ना पछिल्ला २१ घरेलु खेलहरुमा अपराजित छ भने स्पर्सको अघिल्लो ६ अवे खेलहरु सबैमा जित रहेको छ र उसले प्रिमियर लिगमा पनि लगातार चार खेल जितेको छ ।
युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले महत्त्वपूर्ण खेलहरुमा रक्षात्मक खेल प्रस्तुत गर्ने गरेकाले यस खेलमा पनि उस्तै प्रदर्शनको अपेक्षा गर्न सकिने छ । उता तर्फ केनबिना स्पर्सलाई यस खेलमा सकारात्मक नतिजा निकाल्न निकै चुनौतिपूर्ण हुने देखिएको छ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]