7 years ago
October 27, 2017
लन्डन (एजेन्सी)– बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी जेल भित्र बसेर रगत आँसु निकालेर रुँदै गरेको तस्विर आतंकवादी गिरोह आइएसआइएसले सार्वजनिक गरेको छ ।
रुस विश्व कप अघि चेतावनीयुक्त सन्देश दिने पोस्टरमा लेखेको छ ,‘तिमी यस्तो राज्यसँग भिड्दै छौ जसको शब्दकोषमा हार भन्ने शब्द छैन ।’त्यस्तै अर्को एउटा तस्बिरमा विश्व कपको लोगो सहित ‘हाम्रो प्रतीक्षा गर्नुहोस्’ भनेर अरबी भाषामा लेखिएको छ ।
आइएसको यो चेतावनी सार्वजनिक भएपछि रुसले विश्वकप आतंकवादबाट मुक्त हुने बताएको थियो । त्यस्तै, रुसको ‘नेशनल एन्टि टेररिज्म’ समितिले सुरक्षाको आवश्यक तयारी भैरहेको र सुरक्षित वातावरणमा खेल हुने उल्लेख गरेको छ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]