7 years ago
October 26, 2017
रोम (एजेन्सी) – इटालीका गोलकिपर जियानलुइजी बुफोनले सिजनको अन्त्य पछि सन्न्यास लिने घोषणा गरेका छन् । युभेन्टसका पोस्ट सम्हाल्दै गरेका ३९ वर्षे उनले क्लब च्याम्पियन्स लिग जित्न सफल भए क्लब विश्व कप सम्म अन्यथा सिजनको अन्त्यमा खेल जीवनलाई पूर्णविराम दिने बताएका छन् ।
‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो र मेरो निर्णय प्रति निश्चित छु ,’ बुफोनले भने , ‘मैले अझ एक वा दुई सिजन खेल्दैमा पाएको सफलतामा केहि थपिने छैन न त मैले केहि गुमाउने नै छु , त्यसैले मैले यो निर्णय लिएको हो।’
उनले टोलीले च्याम्पियन्स लिग जिते क्लब विश्व कप जिताउन पनि प्रयास गर्ने योजना सुनाए । ‘युभेन्टसले च्याम्पियन्स लिग जिते क्लब विश्व कप जिताउन पनि प्रयास गर्नुे छु ,’ उनले थपे, ‘त्यो सम्भव भएन भने सिजनको अन्त्यमा ग्लोभ्स थन्क्याउने छु ।’
सन् २००१ मा पार्माबाट कीर्तिमानी ५२ मिलियन युरोमा युभेन्टस पुगेका बुफोनले त्यसता १० पटक सिरी ए , एक पटक सिरी बी , तीन सुपर कप जितेका छन् । इटालीका लागि उनले सन् २००६ को विश्व कप जितेका थिए ।
बुफोन रुसमा अर्को वर्ष आयोजना हुने विश्व कप खेल्नेमा पनि आशावादी छन् । तर इटालीले यसपटक विश्व कप खेल्न स्विडेनसँगको प्ले अफ पार गर्नुपर्नेछ ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]