7 years ago
October 25, 2017
एजेन्सी – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र आर्सनलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् । क्रिस्टल प्यालेस भने हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
गए राति खेलिएको खेलमा म्यानचेस्टर युनाइटेडले अर्को प्रिमियर लिग टोली स्वान्सि सिटीलाई २–० ले हराउन सफल रह्यो । युनाइटेडको यस जितमा फरवार्ड जेसे लिन्गार्डले दुवै गोल गरेका थिए ।
त्यस्तै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी वुल्भरह्याम्प्टन वान्डरर्ससँग पेनाल्टिमा ३–१ ले विजयी रह्यो । नियमित समयमा कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुट–आउटसम्म पुगेको थियो ।
त्यस्तै आर्सनलले पनि नर्विचमाथि संघर्षपूर्ण जित निकाल्यो । खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्सनल २–१ को जित दर्ता गर्न सफल भएको थियो । आर्सनलको जितमा दुवै गोल सब्स्टिट्युसनबाट आएका १८–वर्षे एडि निकेतिआहले गरेका थिए ।
यसै गरी लेस्टर सिटीले लिड्सलाई ३–१ ले हरायो भने बर्नमाथले मिडल्सब्रोलाई पनि ३–१ कै अन्तरले हराउन सफल भयो । प्रिमियर लिग टोलीमध्ये चौथो चरणबाटै बाहिरिनेमा क्रिस्टल प्यालेस मात्र पर्यो । प्यालेस ब्रिस्टोल सिटीसँग ४–१ ले पराजित हुन पुगेको थियो ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]