7 years ago
October 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – झन्डै दुई महिना पछि राजधानीमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटलाई यसपटक टिभिएस मोटर कम्पनीले प्रायोजन गरेको छ ।
इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक साहिल अग्रवालले आज सम्झौता पत्र एकअर्कासँग साटेका थिए । अब प्रतियोगिताको नाम टिभिएस इपिएल रहने भएको छ ।
सम्झौता पत्रमा पहिले नै हस्ताक्षर बताइएको कार्यक्रममा सम्झौता रकम भने खुलाइएन् । विजेताले २१ लाख रुपैयाँ पाउने यसअघि नै घोषणा गरिएको थियो भने इपिएलको म्यान अफ दी सिरिजले टिभिएसको मोटसाइकल प्राप्त गर्ने इपिएलका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिए ।
‘पुरस्कार राशी, मोटरसाइकल र अन्य विषयमा पनि उहाँहरुको सहयोग रहेको छ ’ अख्तरले भने, ‘ यी सबै प्रायोजनमा समेटिएका छन् । हामी यो सम्झौताबाट खुसी छौं । तर, हामी सम्झौता रकम भने उल्लेख गर्न सक्दैनौं ।’ टिभिएसको प्रायोजन यो वर्षका लागि रहेको र भविष्यमा निरन्तरता पाउन सक्ने अख्तरले जानकारी दिए ।
जगदम्बा मोर्टसका प्रबन्ध निर्देशक अग्रवालले टिभिएस मोर्टस र आफ्नो कम्पनीले नेपाली क्रिकेटको विकासका लागि सहकार्य गरेको बताए । उनले भने, ‘यो सहकार्यले नेपाली क्रिकेटको बढवाका र युवा क्रिकेट खेलाडीको विकासका लागि लागि सहयोग पुग्ने हामीले विश्वास लिएका छौं ।’
टिभिएस मोर्टसका वरिष्ठ उपाध्यक्ष आर दीलिपले टिभिएस भारतीय क्रिकेटमा लामो समयदेखि सहकार्यमा रहेको र नेपालमा पनि त्यसको सुरुआत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
६ शहरको नाममा सहभागिता रहेको इपिएलको सोमबार अक्सनमार्फत हरेक टोलीले १० खेलाडी किनिसकेका छन् । राष्ट्रिय टोलीका सन्दीप लामिछाने, विनोद भण्डारी , आरिफ शेख र करण केसी अधिकत्तम १ लाख ७५ हजार रुपैयाँमा विक्रि भइसकेका थिए ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, विनोद भण्डारी र सोमपाल कार्मी यसअघि नै अलग अलग टोलीको मार्की खेलाडी त्यसअघि नै छनोट भइसकेका छन् । दुई साता भन्दा लामो समय चल्ने इपिएलमा काठमाडौं किङ्गस, ललितपुर प्याट्रीयट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने इपिएल राउन्ड रोविनका आधारमा हुने र शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]