7 years ago
October 24, 2017
लण्डन (एजेन्सी) – गए राति फिफा ‘द बेस्ट‘ खेलाडिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई पछि पार्दै बाजी मारे । विश्वभरिका सबै देशका कप्तान र प्रशिक्षकको भोटका आधारमा दिएको यस अवार्डमा नेपालका कप्तान विराज महर्जनको रोजाई भने निकै भिन्न र आश्चर्यजनक रह्यो ।
फिफाले सार्वजनिक गरेको सूचीमा विराजको पहिलो रोजाईमा मेस्सी वा रोनाल्डो दुवै थिएनन् । उनले म्यानचेस्टर युनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचलाई आफ्नो पहिलो रोजाईमा राखेका थिए । घाइते भएर इब्राहिमोभिच ६ महिना फुटबलबाट बाहिर रहेकाले महर्जनको रोजाईले सबैलाई आश्चर्य पारेको छ ।
महर्जनले दोस्रो नम्बरमा फ्रान्सका एन्टोएने ग्रिजमानलाई चुने भने विजेता रोनाल्डोले उनको तेस्रो स्थान पाए । यसरी मेस्सीले भने विराजको शीर्ष तीनमा ठाउँ नै पाउन सकेनन् ।
यस्तो आश्चर्यजनक रोजाई गर्ने विराज मात्र भने थिएनन् । चीनका कप्तानले पनि इब्राहिमोभिचलाई पहिलो रोजाईमा राखेका थिए । उनको दोस्रो रोजाईमा भने मार्सेलो र तेस्रो स्थानमा एलेक्सिस सान्चेज थिए ।
बार्बाडोसका कप्तानको रोजाई पनि उस्तै आश्चर्यजनक रह्यो । उनले बोरुसिया डर्टमन्डका पियर–एम्रिक अबामियाङलाई पहिलो रोजाईमा राखे र एन्टोएने ग्रिजम्यान र म्यानुएल नोयालाई क्रमश: दोस्रो र तेस्रो नम्बरमा राखेका थिए ।
इङ्ग्ल्यान्डका प्रशिक्षकले पनि विराज जस्तै आफ्नो सूचीमा मेस्सीलाई वहिष्कार गरेको पाइयो । उनले रोनाल्डोपछि मोड्रिच र टोनी क्रुसलाई आफ्नो शीर्ष तीनमा चुने । नेपालका प्रशिक्षक ग्योतोकु कोजीले भने रोनाल्डोलाई पहिलो, मेस्सीलाई दोस्रो र नेयमारलाई तेस्रो स्थानमा चुनेका थिए ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]
March 26, 2025
एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]