default_image

7 years ago

October 24, 2017

फिफा बर्ष खेलाडीको उपाधि क्रिस्टियानो रोनाल्डोलाई

114 views

0 Bookmark

लण्डन (एजेन्सी) – पोर्चुगल र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डोले फिफा बर्ष खेलाडिको अवार्ड जितेको यो पाँचौ पटक हो।  फिफा ब्यालन डो’रबाट फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर नयाँ उपाधिको थालनी गरेको दोस्रो बर्ष पनि रोनाल्डोले नै सफलता हात परेका छन्।

 

यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोन मेस्सी र पिएसजीका नेयमारपछि पारेका छन् । रियलले गत बर्ष च्याम्पियन लिग र ला लिगा उपाधि जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड रोनाल्डोको नेतृत्वमा आगामी बर्ष हुने फिफा विश्वकपमा पोर्चुगल छनोट भैसकेको छ  ।

फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो।

फिफाले निम्नानुसारको विधाहरुमा उपाधि वितरण गरेको थियो:

‘द बेष्ट’ पुरुष खेलाडी: क्रिस्टियानो रोनाल्डो
‘द बेष्ट’ महिला खेलाडी: लिके मार्टिन्स (नेदरल्याण्ड)
‘द बेष्ट’ पुरुष प्रशिक्षक: जिनेदिन जिदान (रियल म्याड्रिड फुटबल क्लब)
‘द बेष्ट’ महिला प्रशिक्षक: सरिना विग्मन (नेदरल्याण्ड)
‘द बेष्ट’ फिफा गोलकिपर: जियानलुइजि बुफन (ईटाली र युभेन्टस)
फिफा फेअर प्ले अवार्ड: फ्रान्सिस कोने (टोगो)
फिफा पुस्कास अवार्ड: ओलिभर जिरुड (फ्रान्स र आर्सनल)
फिफा फ्यान अवार्ड: सेल्टिक फुटबल क्लब
फिफा विश्व ११: बुफन, बोनुचि, रामोस, मार्सेलो, आल्भेस, मोद्रिच, ईनिएस्टा, क्रुज, मेस्सी, रोनाल्डो, नेयमार

March 26, 2025

एन्फाले पूर्व अध्यक्ष थापाविरुद्ध पत्रचार गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ  ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]

March 26, 2025

नर्वेको जितमा हालान्डको गोल

एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

Success

Thank you for your time.