default_image

7 years ago

October 23, 2017

अनन्त जीवनलाई ढुंखर्क फाइभ ए साइड फुटबल उपाधि

54 views

0 Bookmark

बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– अनन्त जीवन युवा क्लबले ढुंखर्क फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक २ ढुंखर्कको पार्वती माविको मैदानमा आइतबार पेप्सी ब्वाइजलाई टाइब्रेकरमा ३–२ ले हराउँदै अनन्त जीवनले उपाधि जितेको हो ।

निर्धारित ६० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । अनन्त जीवनले २–० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा पुगेको थियो । प्रकाश तामाङ र अनिष तामाङको गोलमा अनन्त जीवनले अग्रता लिएको थियो । तर दोस्रो हाफमा सञ्जिव लामाले २ गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

त्यसअघि आयोजक ढुंखर्क फटबल क्लबलाई टाइब्रेकरमा ३–२ ले नै हराउँदै गणेश स्थानले तेस्रो स्थान प्राप्त गरेको थियो । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा गणेश स्थानले बाजी मारेको थियो । अनन्त जीवनले उपाधिसहित २५ हजार, पेप्सीले १५ र गणेश स्थानले १० हजार रुपैयाँ प्राप्त गरे । सञ्जिव लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदा सूर्य सुनुवार उत्कृष्ट फरवार्ड, राजन लामा उत्कृष्ट रक्षक र सुवास तामाङ उत्कृष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको विजेता उपविजेता र तेस्रो हुने टोलीका खेलाडीलाई बेथानचोक गाँउ पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु भगवान घिमिरे, दीलबहादुर श्रेष्ठ, लालबहादुर लामा पार्वती माविका प्रधानाध्यापक गोविन्द शर्मा लगायतले पुरस्कृत गरे । पाँच दिने प्रतियोगितामा २९ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष विवेक तिमल्सिनाले जानकारी दिए ।

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

February 2, 2025

सलाहको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]

Success

Thank you for your time.