7 years ago
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबलाई एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सिफारिस गर्ने निर्णय गरेको छ । एन्फाको नयाँ निर्वाचनको मिति तोक्न सोमबार बसेको एन्फा केन्द्रिय समितिको बैठकले थ्री स्टारलाई पठाउने निर्णय लिएको हो ।
एन्फाको गल्तिका कारण गत वर्ष पहिलो चरण पार गरेर पनि एएफसी कप खेल्नबाट बञ्चित भएको थ्री स्टारले यसपटक नयाँ अवसर पाएको छ । एएफसी क्लब च्याम्पियनसिपको सहभागिताका लागि एसियाली फुटबल महासंघ (एएफसी) बाट क्लबको नाम माग भए बमोजिम सिफारिस गरिएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । पछिल्लो पटक आयोजित राष्ट्रिय लिगको च्याम्पियन र घरेलु फुटबलमा बलियो मानिएका कारण थ्री स्टारलाई सिफारिस गर्ने निर्णय गरेको तुलाधरले बताए ।
‘एएफसीबाट क्लब च्याम्पियनसिपका लागि क्लबको नाम माग भएको थियो । लिग वा नकआउटको च्याम्पियन टोलीको नाम पठाउन भनिएको थियो ’ उनले भने,‘हाम्रो पछिल्लो राष्ट्रिय लिग च्याम्पियन थ्री स्टार रहेको र घरेलु फुटबलमा पनि क्लबलाई बलियो मानिन्छ । थ्री स्टारका पदाधिकारीसँगको छलफलपछि नाम पठाउने निर्णय लिएका हौं । ’ थ्री स्टार २०७२ मा भएको राष्ट्रिय लिगको च्याम्पियन हो । त्यसयता राष्ट्रिय लिग आयोजना भएको छैन ।
एन्फाको अघिल्लो महिना बसेको विशेष साधारण सभाले १ करोड ५० लाख रुपैयाँ थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय गरेसँगै एन्फा र थ्री स्टारबीचको विवाद अन्त्य भएको थियो । दोषीमाथि कारवाही र क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भाग नलिने निर्णय गरेको थ्री स्टारले आफ्नै पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गरेको यू १८ फुटबल प्रतियोगितामा पनि भाग लिएको थिएन ।
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]
March 26, 2025
एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]