7 years ago
October 23, 2017
मार्से (एजेन्सी) – फ्रान्सेली लिग १ को अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्से विरुद्ध संघर्षपूर्ण बराबरी खेलेको छ । यस खेलमा पिएसजीका स्टार खेलाडि नेयमारले एक गोल गरेका थिए भने दोस्रो हाफमा रातो कार्ड पाउँदै मैदान पनि छोड्नु परेको थियो ।
खेलको १६ मिनेटमै लुइज गुस्ताभोको ३०-यार्ड टाढाको प्रहारद्वारा मार्सेले पिएसजी विरुद्ध अग्रता लिएको थियो । तर ३३ औँ मिनेटमा नेयमारको सुन्दर गोलमार्फत पिएसजीले स्कोर १-१ बनाउँदै खेलमा फर्किएको थियो ।
दोस्रो हाफमा घरेलु टोली मार्से पुन: अग्रता लिन सफल भयो । पूर्व वेस्ट ह्यामका खेलाडि डिमिट्रि पायेटको पासमा परिवर्तित खेलाडि फ्लोरियन थभिनले गोल गर्दै मार्सेलाई खेलमा अगाडि पुर्याएका थिए ।
खेलको ८७ औँ मिनेटमा भने नेयमारले रातो कार्ड पाएर मैदान छोड्न परेको थियो । आफुलाई फल गरेको भन्दै नेयमारले लुकास ओकाम्पोसलाई आवेशमा आई घकेल्दा ओकाम्पोस रेफ्रीकै अगाडि लडेका थिए । सो संलग्नताका लागि दुवै खेलाडिले पहेंलो कार्ड पाए तर केहि मिनेट अघि पहिलो कार्ड पाइसकेकाले नेयमारले भने दोस्रो पहेंलो कार्ड खाँदै मैदान छोड्नु परेको थियो ।
तर खेलको अन्तिममा नायक भने पिएसजीका यस सिजनका सर्वाधिक गोलकर्ता एडिन्सन काभानी बने । डि-बक्सको छेऊमा पाएको फ्रि-किकलाई नेयमारको अनुपस्थितिमा आफैं लिँदै काभानीले सुन्दर गोल गरेका थिए । त्यस गोलसँगै पिएसजीले स्कोर २-२ बनाउँदै खेलबाट १ अंक लिन सफल भयो ।
यस नतिजा पश्चात पिएसजी तालिकाको अग्रस्थानमा यथावत् नै छ तर दोस्रोमा रहेको मोनाको माथिको उसको अग्रता ४ अंकमा झरेको छ । त्यस्तै मार्से भने पाँचौं स्थानमा पुगेको छ ।
March 26, 2025
एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]
March 26, 2025
एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]