7 years ago
October 22, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगमा टोटनह्याम हटस्परले लिभरपुललाई ४-१ ले हराएको छ । टोटनह्यामको जितमा स्ट्राइकर ह्यारी केनले दुई गोल तथा डेले अल्ली र हिउङ मिन सन एकएक गोल गरेका थिए ।
डिफेन्डर केरन ट्रिप्पियरको पासमा लिभरपुलका गोलकिपर सिमोन मिन्योलेटको गल्तीको फाइदा उठाउँदै ह्यारी केनले चौथो मिनेटमै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यस्तै बाह्रौँ मिनेटमा केनको पासको सदुपयोग गर्दै सनले स्पर्सको अग्रता दोब्बर बनाएका थिए ।
लिभरपुल मोहम्मद सालाहको २४ औँ मिनेटको गोलद्वारा भने खेलमा फर्किन खोजेको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका मिडफिल्डर अल्लीले लिभरपुललाई निराश पार्दै स्कोर ३-१ बनाए ।
स्पर्सका लागि ह्यारी केनले फेरि खेलको ५६ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको शानदार जित सुनिश्चित गरे । सो गोल केनको यस लिग सिजनको आठौँ गोल थियो । यस जितसँगै टोटनह्याम लिगको तेस्रो स्थानमा रहेको छ भने लिभरपुल नवौँ स्थानमा झरेको छ ।
March 26, 2025
एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]
March 26, 2025
एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]