7 years ago
October 22, 2017
बार्सिलोना (एजेन्सी) – ला लिगाको अग्रस्थानमा रहेको बार्सिलोनाले गए राति अन्तिममा रहेको मालागा विरुद्ध २-० को जित दर्ता गरेको छ । घरेलु टोलीको जितमा जेरार्ड डेउलेफेउ र आन्द्रेस इनिएस्टाले गोल गरेका थिए ।
बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । लुकास डिग्नेको पासको सदुपयोग गर्दै डेउलेफेउले गोलको खाता खोलेका थिए । तर डिग्नेले पास गर्ने क्रममा बल लाइनबाट बाहिर गइसकेको पनि सो प्रहारलाई रेफ्रीले गोल दिएको थियो ।
त्यस्तै दोस्रो हाफमा पनि बार्सिलोना एक गोल गर्न सफल रह्यो । लियोनल मेस्सीको पासमा इनिएस्टाले गरेको प्रहार डिफ्लेक्ट हुँदै पोस्टको दिशा लिएको थियो । इनिएस्टाले २०१६ को सेप्टेम्बर यता गरेका यो पहिलो गोल थियो ।
यस जितले बार्सिलोनालाई अंक तालिकाको पहिलो स्थानमा यथावत् राखेको छ । बार्सा दोस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा ४ अंक अगाडि र एक खेल कम खेलेको आफ्नो प्रतिद्वन्दि रियल म्याड्रिड भन्दा ८ अंकले अगाडि रहेको छ । मालागा भने ९ खेलमा १ अंकका साथ तालिकाको अन्तिममै छ ।
गए राति ला लिगामा खेलिएका अन्य खेलहरुको नतिजा –
लेभान्टे १-१ गेटाफे
रियल बेटिस २-० आलाभेस
भ्यालेन्सिया ४-० सेभिल्ला
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]