default_image

7 years ago

October 20, 2017

इब्राहिमोभिच यो वर्ष भित्रै मैदान फर्कने माउरिन्होको विश्वास

87 views

0 Bookmark

म्यानचेष्टर (एजेन्सी)– म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले ज्लाटान इब्राहिमोभिच यो वर्षको अन्त्यअघि नै मैदान फर्कने विश्वास गरेका छन् । चोटमुक्त हुने प्रयासमा रहेका इब्राहिमोभिचले यो साता बलका साथ सामान्य अभ्यास थालेका छन् ।

इब्राहिमोचिले डिसेम्बरको सुरुआत सम्म आफु फर्कने विश्वास गरेका थिए । तर, माउरिन्होले भने उनी जनवरीको अगाडि मैदान फर्कने विश्वास व्यक्त गरेका छन् । अप्रिलमा एन्डरलेकविरुद्ध युरोपा लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो ।  चोटग्रस्त अवस्थामै युनाइटेडसँग उनले पुनः यो सिजनका लागि सम्झौता गरेका थिए ।

‘ज्लाटान फर्कनेछन् । उनले यहाँ चोटमुक्त हुनका लागि प्रयास गरिरहेका छन् । आशा गरे अनुरुप नै सबै चिज अघि बढेको छ’, माउरिन्होले भने, ‘अर्को साता वा अझै केही साता उनी फर्कने छैनन् । उनलाइ अझै केही समय दिनुपर्दछ । मलाई यो पनि विश्वास छ की उनी सन् २०१७ भित्रै मैदान फर्कनेछन् ।’

स्वीडेनका स्ट्राइकर इब्राहिभोभिचले गत सिजन युनाइटेडबाट ४६ खेलमा २८ गोल गरेका थिए । युरोपा लिगको उपाधि इब्राहिमोभिचको खेल जीवनको ३३ औं महत्वपूर्ण उपाधि हो । स्वीडेनका पूर्व कप्तान समेत रहेका उनले सन् २००१ मा आयक्सबाट खेल जीवनको सुरुआत गरेका थिए । त्यसयता उनी कुनै सिजन उपाधि विहिन हुन परेको छैन ।

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.