default_image

7 years ago

October 20, 2017

लियोन र एभर्टनको खेलबीचको झगडामा समर्थक पनि संलग्न

61 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – युरोपा लिगमा गए रातिको खेलमा एभर्टन र लियोन बीच नराम्रो झगडा परेको छ । उक्त झगडामा दुवै टोलीका खेलाडीसहित समर्थक पनि संलग्न भएका थिए ।

एभर्टनका कप्तान एस्लि विलियम्सले लियोनका गोलकिपर रोनि लोपेसलाई बल समात्दा धकेलेपछि दुई क्लबका खेलाडीहरु बीच भनाभन सुरु भएको थियो । विलियम्सलाई लियोनका खेलाडीहरुले घेर्न आएपछि एभर्टनका खेलाडीहरु संलग्न हुँदै झगडा पनि सुरु भयो ।

भिडियोमा विलियम्सले लियोनका खेलाडीलाई मुक्का हान्न खोजेको पनि देखिएको छ । त्यसमाथि बच्चा हातमा समातेका एक एभर्टन समर्थक पनि झगडामा सामेल हुँदै लियोनका खेलाडीलाई मुक्का हानेको भिडियोमा देखिएको छ ।

झगडाको केहि मिनेटपछि विलियम्स आफैंले गोल गर्दै स्कोर १-१ बनाएका थिए । तर पूर्व चेल्सीका खेलाडी बर्ट्रान्ड ट्रायोरेले फेरि गोल फर्काउँदै लियोनलाई जित दिलाएका थिए ।

युएफाले अहिलेसम्म यो घटनाबारे केही प्रतिक्रिया दिइसकेको छैन । तर एभर्टनका कप्तान एस्लि विलियम्सले अरु खेलाडीसहित लामो प्रतिबन्ध बेहोर्ने अनुमान गर्न सकिन्छ ।

March 26, 2025

इरान विश्व कपका लागि छनोट

एजेन्सी – इरान फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । उज्वेकिस्तानसँग मंगलवार २–२ गोलको बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।घरेलु मैदानमा भएको खेलमा इरानका लागि मेहदी तारेमीले २ गोल गरे । उज्वेकिस्तानका लागि भने खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे । खेलमा सुरुवाती अग्रता उज्वेकिस्तानले बनाएको थियो । १६औं […]

March 26, 2025

अर्जेन्टिना विश्व कपका लागि छनोट, ब्राजिलको हार

एजेन्सी – अर्जेन्टिना फिफा विश्वकप २०२६ को लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिनाको विश्व कप यात्रा पक्का भएको हो । छनोट निश्चित भइसकेपछिको बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ ले हरायो । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन […]

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

Success

Thank you for your time.