default_image

7 years ago

October 20, 2017

युरोपा लिग: जिरुको निर्णायक गोलमा आर्सनल विजयी

103 views

0 Bookmark

बेल्ग्रेड (एजेन्सी) – युरोपा लिगको समूह ‘एच’ अन्तर्गत इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेल्ग्रेड (सर्भिना ज्भेजडा) लाई १-० ले हराएको छ । आर्सनलका लागि गोल फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले गरेका थिए ।

तुलात्मक रुपमा आर्सनल बलियो भए पनि रेड स्टार बेल्ग्रेडले खेलभरि थुप्रै अवसर सिर्जना गरेको थियो । तर आर्सनलका गोलकिपर पिटर चेकले राम्रा बचाऊ गर्दै आर्सनललाई गोल खानबाट बचाएका थिए । घरेलु टोलीको एक प्रहार पोस्टमा लागेर पनि फर्केको थियो ।

तर ८० औं मिनेटमा मिलन रोडिचले रातो कार्ड पाएपछि १० खेलाडिमा सीमित भएको बेल्ग्रेडलाई जिरुले निराश पारिदिए । खेलको ८५ औं मिनेटमा थियो वाल्कटको पासमा ओभर-हेड किक गर्दै उनले बललाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै आर्सनल ३ खेलमा ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । बेल्ग्रेड भने ४ अंकका साथ समूहको तेस्रो स्थानमा झरेको छ । अब दुई साता पछि रेड स्टार बेल्ग्रेडलाई आर्सनलले एमिरेट्समा निम्त्याउने छ ।

युरोपा लिगका अन्य खेलहरुको नतिजा:

आस्टाना ४-० माकाबि तेल अभिभ

भिल्लारियल २-२ स्लाभिया प्राग

डायनामो कियभ २-२ योङ बोयज

स्केन्डरबेउ ०-० पार्टिजान बेल्ग्रेड

होफनह्याम ३-१ इस्तानबुल बासाकसेहिर

ब्रागा ०-२ लुडोगोरेट्स राजग्राड

अष्ट्रिया वेन १-३ रिजेका

एसि मिलान ०-० एइके एथेन्स

एभरटन १-२ लियोन

एटलान्ट ३-१ एपोल्लोन लिमास्सोल

ज्लिन १-१ कोपनहेगन

सेरिफ १-१ लोकोमोटिभ मस्को

हापोएल बियर सेभा १-२ एफसिएसबि

लुगानो ३-२ भिक्टोरिया प्लेजन

बेट बोरिसोभ १-० कोलोन

मार्से २-१ भिटोरिया डे गुइमारेस

कोन्यास्पोर ०-२ साल्जबर्ग

ओस्टरसन्ड्स २-२ एथ्लेटिक बिल्बाओ

जोर्या २-१ हेर्था बर्लिन

जुल्टे वारेगेम १-१ भिटेस

निस १-३ लाजियो

भार्दार स्कोप्ये ०-६ रियल सोसिएडाड

जेनिट सेन्ट पिटर्सबर्ग ३-१ रोजेनबर्ग

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

January 11, 2025

एपिएफको लगातार चौथौ जित

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]

January 11, 2025

आहा! रारा पोखरा गोल्डकप – आर्मीसहित १० टोलीको सहभागिता निश्चित

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]

Success

Thank you for your time.