default_image

7 years ago

October 19, 2017

नेपालमा बायर्न म्युनिखको फ्यान क्लब गठन

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– चर्चित युरोपियन फुटबल क्लबको फ्यान क्लब गठन हुने क्रममा अर्को एउटा नाम पनि थप भएको छ । जर्मन क्लब बायर्न म्युनिखको फ्यान क्लब हिजो राजधानीमा गठन भएको छ ।

मिया सान मियाको नाममा गठन भएको समूहको अध्यक्षमा नवीन पाडे र उपाध्यक्षमा मिर्को जुन्के रहेका छन् । जर्मन दुतावासकी प्रतिनिधि पाउला वार्नरको प्रमुख आतिथ्यतामा समूहको गठन भएको थियो । वार्नरले दुतावासका तर्फबाट समूहको सफलताका लागि शुभकामना दिएकी थिइन् ।

नेपालमा खेलकुद र सामाजिक गतिविधिमा संलग्न हुने उद्देश्यका साथ समूहको गठन गरिएको अध्यक्ष पाडेले जानकारी दिए । उपाध्यक्ष जुन्केले बायर्न म्युनिखको सन्देश कार्यक्रममा प्रस्तुत गरेका थिए । बायर्नले क्लबको सफल सुरुआतको कामना गर्दै सहकार्यका लागि तयार रहेको उल्लेख गरेको बताइएको छ ।

नेपालमा युरोपियन क्लब बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल, टोटेनह्यामलगायतको फ्यान क्लब यसअघि नै गठन भइसकेको छ ।

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

February 2, 2025

सलाहको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

Success

Thank you for your time.