default_image

7 years ago

October 18, 2017

कालीदेवीलाई सेभेन ए साइड फुटबल उपाधि

87 views

0 Bookmark

बेथानचोक/काभ्रे (हाम्रो खेलकुद)– पनौतीको कालीदेवी ब्वाइज क्लबले खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक वडा नं ४ को सिरानचौर तिप्चोक डाँडामा आज भएको फाइनलमा पनौती फुटबल एकेडेमीलाई ६–२ ले हराउँदै कालीदेवीले उपाधि जितेको हो ।

कालीदेवी उपाधिसहित २० हजार तथा पनौतीले १० हजार रुपैयाँ प्राप्त गरेको छ । पनौतीका विकास लामा प्रतियोगिताको उत्कृष्ट खेलाडी र विजेता कालीदेवीका विकेश शाह उत्कृष्ट गोलकिपर घोषित भए ।

त्यसअघि हिजो भएको सेमिफाइनलमा कालीदेवीले सरस्वती क्लब निलोलाई ४–० र पनौतिले सरस्वती रातोलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । बेथानचोक ४ तिप्चोकस्थित श्री भूमिमाता युवा क्लबको आयोजना असोज २५ गते देखि सुरु भएको प्रतियोगितामा पनौती नगरपालिकाका १४ र बेथानचोकका ९ गरि २३ टोलीको सहभागिता रहेको थियो ।

बेथानचोक गाँउपालिकका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिछाने, बेथानचोक वडा नं ४ का अध्यक्ष लालबहादुर श्रेष्ठले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए । गाँउपालिका अध्यक्ष तिमल्सिनाले हरेक वडामा कम्तीमा एउटा खेल मैदान निर्माण गर्न गाँउपालिकाकाले पहल गर्ने बताए ।

वडा अध्यक्ष श्रेष्ठले खेलकुद विकासमा वडा समितिले सक्दो सहयोग गर्ने वचन दिए । आयोजक क्लबका अध्यक्ष समिर तामाङले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना रहेको सुनाए । प्रतियोगिताका संयोजक युगेश तामाङले गाँउपालिका र वडाको सहयोग रहेमा वडामा खेलकुद विकास गर्न सकिने बताए ।

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

February 2, 2025

सलाहको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

Success

Thank you for your time.