7 years ago
October 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द पुनः इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले उत्कृष्ट ११ मा पर्न सफल भएका हुन् ।
यसअघि उनी १३ औं तथा १४ औं र १५ औं संयुक्त रुपमा साताका लागि उत्कृष्ट ११ मा छनोट भएका थिए । आइतबार पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा रोहितले पनि गोल गरेका थिए ।
अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा हार बेहोरेको छ । १ खेल कम खेलेको भयांकरा ५९ अंकसहित शीर्षस्थानमा रहेको छ । १८ टोलीको सहभागिता रहेको लिग १ मा ग्रिसिकको १० अंक छ ।
चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेर गत बर्षमा उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमार्फत फुटबलमा फर्केका थिए । चोटबाट फर्केपछि राष्ट्रिय टोलीमा समेत पुनरागमन गर्दै रोहितले एसियन कप छनोटमा फिलिपिन्स, यमन र ताजकिस्तानविरुद्ध दुई खेल खेलिसकेका छन् । मनाङबाट खेल्दा खेल्दै उनी पर्सिजामा आबद्ध भएका थिए ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]