7 years ago
October 18, 2017
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह डि अन्तर्गत बार्सिलोनाले ग्रिक क्लब ओलम्पियाकोसको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
बार्सिलोना लामो समयका लागि घाइते रहेका राफिन्हा, उस्माने डेम्बेले र आर्दा टुरान बिना मैदानमा उत्रिने छ । नियमित खेलाउने ४-३-३ फर्मेसनको साटो लियोनल मेस्सी र लुइस स्वारेजलाई अगाडि खेलाउँदै बार्सिलोनाले ४-४-२ फर्मेसन खेलाउने सम्भावना धेरै छ ।
यस साता घरेलु लिगमा पानियोनियोसलाई ४-३ ले हराएको ओलम्पियाकोसका लागि भने जागोस भुकोभिच र बेन नाबुहाने चोटिल रहेकाले खेलमा सहभागी हुने छैनन् । ओलम्पियाकोसले समूह चराणका आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।
अर्को तर्फ घरेलु लिगमा एट्लेटिको म्याड्रिड विरुद्ध १-१ को बराबरी खेलेको बार्सिलोनाले समूह चरणको दुवै खेल जितेको छ । च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा गोल नखाएको घरेलु टोली आफ्नो त्यस लयलाई निरन्तरता दिन खोज्ने छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]