7 years ago
October 18, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग समूह एफ अन्तर्गत म्यानचेस्टर सिटीले नेपोलीलाई २-१ ले हराएको छ । सिटीका लागि रहिम स्टेर्लिङ र ग्याब्रियल जेससले गोल गरेका थिए ।
यहि साता स्टोक सिटी विरुद्ध सात गोल गरेको सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । डिफेन्डर कायल वकरको प्रहार नेपोलीका डिफेन्डरलाई लागेर फर्किँदा स्टेर्लिङले त्यसको सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटमै सिटीले आफ्नो अग्रता दोब्बर पनि बनाएको थियो । केभिन डि ब्रुयनको सुन्दर पासलाई जेससले गोलमा परिणत गरेका थिए । पहिलो हाफमा नेपोलीले पेनाल्टी पनि पाएको थियो तर नेपोलीका यस सिजनका सर्वाधिक गोलकर्ता ड्रायस मर्टेन्सको प्रहार गोलकिपर एडरसनले छेकेका थिए ।
दोस्रो हाफको ७२ औं मिनेटमा पनि नेपोलीले पेनाल्टि पाएको थियो । त्यो पेनाल्टि भने एमाडु डिवाराले लिँदै गोलमा परिणत गर्न सफल भएका थिए । तर नेपोलीका लागि त्यति मात्र गोल पर्याप्त हुन सकेन र सिटी पुरै ३ अंक लिन सफल भयो ।
समूह एचमा सिटीको ३ खेलमा ९ अंक छ भने नेपोलीको ३ अंक मात्र रहेको छ । समूहको अन्य खेलमा शाख्तार दोनेस्कले फेयेनुर्डलाई २-१ ले हराउँदै ६ अंक बटुलेको छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]