7 years ago
October 18, 2017
म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एच अन्तर्गत साविक विजेता रियल म्याड्रिडले टोटनह्याम विरुद्ध १-१ को बराबरी खेलेको छ । रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे भने रियलका डिफेन्डर राफायल भरानले एक आत्मघाती गोल गरेका थिए ।
खेलको पाँचौं मिनेटमै रोनाल्डोको रि-बाउन्ड सदुपयोग गर्न नसक्दा करिम बेन्जिमा रियल म्याड्रिडलाई खेलमा अग्रता दिलाउन चुके । ह्यारी केनको १९ औं मिनेटको हेडर पनि रियलका गोलकिपर किको क्यासिल्लाले राम्रो बचाऊ गरेका थिए । तर आफ्नो दोस्रो राम्रो अवसरमा भने टोटनह्याम नचुकी अग्रता लिन सफल भएको थियो ।
२८ औं मिनेटमा डिफेन्डर सर्ज अरियरले ह्यारी केनलाई दिएको पोस्ट अगाडिकै पास भरानलाई लागेर गोल भएको थियो । त्यसको जवाफमा पहिलो हाफको अन्तिम मिनेटमा अरियरले मिडफिल्डर टोनी क्रुजलाई लडाउँदा पाएको पेनाल्टिलाई रोनाल्डोले बलियो प्रहार मार्फत गोलमा परिणत गरेका थिए ।
केनले दोस्रो हाफमा भ्रमणकारी टोलीलाई जित दिलाउने मौका पाए पनि उनको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । रियल पनि खेलभरि आक्रामक नै देखिएको थियो तर टोटनह्यामका गोलकिपर हुगो लोरिसले रोनाल्डोका केहि प्रहारहरुको शानदार बचाऊ गर्दै आफ्नो टोलीलाई खेलमा टिकाइराखेका थिए ।
यस बराबरीसँगै रियल र टोटनह्यामको तीन खेल पश्चात समूह एचमा समान ७ अंक रहेको छ । समूहको अन्य खेलमा बोरुसिया डर्टमन्ड र एपोएल निकोसियाले १-१ को बराबरी खेल्दा रियल र टोटनह्यामलाई फाइदा नै भएको छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]