default_image

7 years ago

October 17, 2017

पिएसजी छाड्ने काभानीको संकेत

92 views

0 Bookmark

पेरिस (एजेन्सी) – यसै सिजन विश्व कीर्तिमानी रकममा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका ब्राजिली नेयमारसँगको विवाद पछि उरुग्वेका फरवार्ड एडिन्सन काभानीले पिएसजी छाड्ने संकेत गरेका छन् ।

स्पेनिस पत्रिका डन बालोनले अनुसार उरुग्वेका स्टार स्ट्राइकर काभानीले पिएसजी छाडेर इंग्लिस क्लब म्यानचेष्टर सिटीमा जने चाहना व्यक्त गरेको छन् । फ्रेन्च लिग वान अन्र्तगत लियोनविरुद्ध गत महिना भएको खेलमा पेनाल्टी कसले हान्ने भन्ने विषयमा नेयमार र काभानीबीच मैदानमै विवाद भएको थियो । उक्त खेल पिएसजीले २–० ले आफ्नो पक्षमा पारेको थियो ।

डन बालोन पत्रिकाले दाबीका साथ लेखेको काभानीले ‘चाँडो वा केही समयपछि’ पिएसजी छाड्नेछन् । पिएसजी छाड्ने विषयमा ३० वर्षे काभनीले क्लबका अफिसियलसँग कुराकानी गरिसकेको र मेरो अबको गन्तव्य इंग्लिस क्लब म्यानचेष्टर सिटी रहेको पत्रिकाले उल्लेख गरेको छ । उनले सिटीमा आफुले चाहेको भन्दा पनि बढी खेल्न पाउने विश्वास व्यक्त गरेका छन् । पिएसजी गएपछि विभिन्न खेलहरुमा नेयमारले आफ्नो हानी गरेको र अब पिएसजीमा नेयमार रहेसम्म बस्न नसकिने पनि बताएको उल्लेख गरिएको छ ।

नपोलीका पूर्व स्ट्राइकर काभनीले अर्को इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे मोउरिन्होसँग पनि कुराकानी भैरहेको बताएका छन् । ‘मेरो जोजे मोउरिन्होसँग कुराकानी भैरहेको छ । तर, मेरो लक्ष्य भनेको इतिहाड स्टेडियम जाने हुनेछ ’ काभानीले भनेका छन्, ‘त्यहाँ ग्रावियल जेसस र सर्जियो अग्विरोजस्ता खलोडीहरु अग्रपङ्तिमा छन् । यो मलाई थाहा नै छ तर, प्रशिक्षक पेप ग्वार्डिओलाले अर्को स्ट्राइकरको रुपमा मलाई हेरेका छन् । यो जनवरीको ट्रान्सफरमा थाहा हुनेछ ।’

स्पेनिस क्लब रियाल म्याड्रिडले जनवरीमा काभानीलाई अनुबन्ध गर्ने प्रयास गर्ने उल्लेख गरेको छ । तर, यो क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमाको प्रदर्शनमा भर पर्नेछ । यी तीन खेलाडीको प्रदर्शनले काभानीको रियालमा भविष्य निर्धारण गर्नेछ ।

 

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.