7 years ago
October 17, 2017
जुरिच (एजेन्सी)– चारपटकको विश्व कप विजेता इटालीले अर्को वर्ष रसियामा आयोजना हुने विश्व कप प्रवेशका लागि स्विडेनसँग प्ले अफ खेल्नुपर्ने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले मंगलबार निकालेको ‘ड्र’ मा इटालीले प्लेअफमा स्विडेनसँग खेल्नुपर्ने भएको हो । स्विडेन समूह ‘ए’ को उपविजेता हो भने इटाली समूह ‘जी’ को उप विजेता हो । समूह ‘बी’ मा स्वीडेन गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेपछि प्ले अफलाई धकेलिएको थियो ।
प्ले अफ दुई लेगमा हुनेछ । यस्तै प्ले अफको अन्य ‘ड्र’ मा नर्दन आयरल्याण्डले स्वीट्जरल्याण्डको सामना गर्नेछ । क्रोएसियाले ग्रीससँग प्रतिस्पर्धा गर्दा डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डसँग खेल्नेछ ।
इटाली, स्वीट्जरल्याण्ड, क्रोएसिया र डेनमार्कलाई सिडमा राखिएको थियो भने नर्दन आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, स्वीडेन र ग्रीसलाई अनसिडमा राखिएको थियो ।
प्ले अफको पहिलो लेग नोभम्बर ९ देखि ११ तारिखमा तथा दोस्रो प्ले अफ खेल नोभेम्वर १२–१४ मा हुनेछ । यी ८ मध्ये विजेता ४ टोलीले रिसियामा विश्व कप खेल्नेछन् । विश्वकपमा अहिलेसम्म २३ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन् ।
विश्वकपमा अहिलेसमम छनोट भएका राष्ट्रहरु
युरोपः रुस, इङ्ल्यान्ड, बेल्जियम, जर्मनी, स्पेन, पोल्याण्ड, सर्बिया, पोर्चुगल, फ्रान्स, आइसल्याण्ड
एसियाः साउदी अरब, इरान, जापान, दक्षिण कोरिया
अफ्रिकाः इजिप्ट, नाइजेरिया
उतर, मध्य अमेरिका र क्यारिबियनः कोष्टारिका, पानामा, मेक्सिको
दक्षिण अमेरिकाः ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]