default_image

7 years ago

October 15, 2017

पर्सिजा जाकार्ताको जितमा रोहितको पनि गोल

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसिया लिग १ मा हिजो पर्सिजा जाकार्ताले ग्रिसिक युनाइटेडलाई ५–० ले हराउँदा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले पनि गोल गरेका छन् ।

अंक तालिकाको पुछारमा रहेको ग्रिसिकलाई हराएको पर्सिजा जाकार्ता ४९ अंकसहित छैटौं स्थानमा यथावत रहेको छ । रोहितको टोलीले अहिले सम्मका २९ खेलमा १३ जित, १० बराबरी र ६ खेलमा हार बेहोरेको छ । १ खेल कम खेलेको भयांकरा ५९ अंकसहित शीर्षस्थानमा रहेको छ । १८ टोलीको सहभागिता रहेको लिग १ मा ग्रिसिकको १० अंक छ ।

आर विडोडोले ४२ औं मिनेटमा गोल गरेपछि पार्सिजाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । एफ रिडवानले ५५ औं मिनेटमा गोल गरे भने ६२ औं मिनेटमा विडोडोले अर्को गोल थपे । त्यसको चार मिनेटपछि रोहितले टोलीका लागि चौथो गोल गरे ।

एकतर्फी खेल सकिन ११ मिनेट बाँकी रहँदा ब्रुनो लोपेजले टोलीका लागि पाँचौं तथा अन्तिम गोल गरे । लिगमा बुधबार रोहितको टोलीले पेर्सीपुरासँग अवे खेल खेल्नेछ । असोज २४ गते ताजकिस्तानसँग एसियन कप छनोट खेल खेलेर रोहित इन्डोनेसिया पुगेका थिए ।

February 1, 2025

प्याराडाइजलाई राइजिङ भरतपुर गोल्डकपको उपाधि

सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]

February 1, 2025

भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले मोटरसाइकल पाउने

हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक‌ दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]

January 31, 2025

रियल म्याड्रिड र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउटमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]

Success

Thank you for your time.