default_image

7 years ago

October 15, 2017

फ्राइबर्ग विरुद्ध बायर्न म्युनिखको शानदार जित

82 views

0 Bookmark

म्युनिख (एजेन्सी) –  जर्मन बुन्डेस लिगामा गए राति साविक विजेता बायर्न म्युनिखले फ्राइबर्गलाई ५-० ले हराएको छ । यस जित बावजुद बायर्न ८ खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रशिक्षक जप हेन्केसको पहिलो खेलमा बायर्नले फ्राइबर्गमाथि शानदार जित दर्ता गर्यो । खेलको आठौं मिनेटमै फ्राइबर्गका डिफेन्डर जुलियन स्कुस्टरको आत्मघाती गोलमार्फत बायर्नले खेलमा अग्रता लिएको थियो । त्यस्तै मिडफिल्डर किङ्सली कोम्यानको ४२ औं मिनेटको हेडरमार्फत बायर्नले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफमा बायर्न थप तीन गोल गर्न सफल भएको थियो । ६३ औं मिनेटमा २५-यार्डबाट थियागो अलाकान्टाराको प्रहारले सिधै जाली चुमेको थियो । त्यस्तै थोमस मुलरको पासमा रोबर्ट लेवान्डस्किले बक्स भित्रबाट गरेको प्रहारमार्फत बायर्नले चार गोलको अग्रता लिएको थियो । सो गोल लेवान्डस्किको सिजनको नवौँ गोल थियो ।

खेलको इन्जुरी समयमा डिफेन्डर जोसुवा किमिचले कोम्यानको पासमा ब्याक-हिल गर्दै स्कोर ५-० बनाएका थिए । गएराति बोरुसिया डर्टमण्ड आरबि लेपजेगसँग ३-२ ले हारे पनि बायर्नभन्दा तालिकामा २ अंकले अगाडि रहँदै पहिलो स्थानमा रहेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.