7 years ago
October 14, 2017
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब हङकङका सल्लाहकार देव गुरुङ र उनकी पत्नी मीना गुरुङले सहारा क्लबको एकेडेमीलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
गुरुङ दम्पतीले दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दा अध्यक्ष केशवबहादुर थापाले क्लबको वर्तमान गतिविधि एवं भावी योजनाका बारेमा जानकारी दिए । कानुन व्यवसायी, लोकगायक समेत रहेका गुरुङले पहिलो आफ्नो जन्म घर र दोश्रो सहारा ऐकेडेमी रहेको उल्लेख गर्दै भविष्यमा पनि सहयोग गर्ने वचन दिए ।
एकेडेमीका बालकहरुलाई राम्रोसँग पढाइको साथै खेलमा महेनत गर्न सुझाउदैं भविष्यमा क्लब र आफ्नो नाम उच्च राख्न शुभकामना दिए । गुरुङले एकेडमी र क्लबले आयोजना गर्ने आहा गोल्ड कपमा हरेक बर्ष सहयोग गर्दै आएका छन् । एकेडेमीमा विपिन्न वर्गका २६ जना बालकहरु छन् ।
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]