7 years ago
October 14, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज बेलुका उपाधि दाबेदार मानिएका दुई टोलि लिभरपुल र म्यानचेस्टर युनाइटेड आम्ने-साम्ने हुँदैछन् ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलिने सो खेल नेपाली समय अनुसार ५.१५ बजे सुरु हुने छ ।
यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर युनाइटेड सिजनका ७ खेलमा १९ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । लिगको आफ्नो अघिल्लो खेलमा युनाइटेडले क्रिस्टल प्यालेसमाथि ४-० को फराकिलो जित हांसिल गरेको थियो ।
म्यानचेस्टर युनाइटेडले यस खेलमा आफ्ना मिडफिल्डर मरोएने फेलाइनीलाई घुँडाको चोटका कारण गुमाउने छ । त्यस्तै डिफेन्डर फिल जोन्स पनि चोटिल रहेका कारण नखेल्ने सम्भावना रहेको छ । युनाइटेडका लागि पल पोग्बा भने चोटका कारण लामो समयका लागि बाहिरै छन् ।
त्यस्तै ७ खेलमा ३ जित र ३ बराबरी खेलेको लिभरपुल १२ अंक जोड्दै तालिकाको सातौँ स्थानमा रहेको छ । स्टार मिडफिल्डर साडियो माने राष्ट्रिय टोलिबाट खेल्दा घाइते भएको समाचारले भने लिभरपुललाई ठुलो धक्का लागेको छ ।
यस सिजन मिश्रित नतिजा निकाले पनि लिभरपुल घरेलु मैदानमा निकै बलियो देखिएको छ । उसले एनफिल्डमा खेलिएका पछिल्ला ३० खेल मध्ये मात्र दुई खेल गुमाएको छ । त्यसैले लिभरपुलले आफ्नो लामो समयको प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिजनलाई लयमा ल्याउन खोज्ने छ भने युनाइटेड आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खोज्ने छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]