7 years ago
October 10, 2017
हेब्रोन (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘डी’ को खेलमा भुटानले प्यालेस्टाइनसँग १०-० को हार बेहोरेको छ । यसअघि घरेलु मैदानमा भुटान प्यालेस्टाइनसँग २-० ले पराजित भएको थियो । छनोट अन्तर्गत चार खेलमा भुटानको चौथो हार हो ।
एकपक्षीय खेलमा प्यालेस्टाइनका लागि अब्देलतिफ बधरीले ह्याट्रिक प्रहार गरे भने जोनाथन कान्टीलानाले दुइ गोल प्रहार गरे । त्यस्तै अब्दल्ला गाबेर , तामेर सेयाम , समेह मराबा , खालेद सलिम र मोहम्मद नाटोरले पनि गोल गरे ।
यसै समूहको अर्को खेलमा दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले ओमानको सामना गर्दैछ ।
अफघानिस्तानले जोर्डनलाई बराबरीमा रोक्यो
समूह सी को खेलमा घरेलु टोली अफघानिस्तानले बलियो जोर्डनसँग ३-३ को बराबरी गरेको छ । अफघानिस्तानले खेलमा दुई पटक अग्रता गुमाएको थियो । खेलको १५ औं मिनेटमा अमिरुद्दीन शरिफीको गोलमा अफघानिस्तानले अग्रता लिएको थियो भने मोन्थर अबु अमाराले ४० औं मिनेटमा बराबरी गोल गरेका थिए । जोर्डनका ओडाइ अल-साइफीले ४३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा जोर्डनले ६४ औं र ८० औं मिनेटमा गोल खादै खेलमा पछि परेको थियो । हरुन फकुरुद्दीनको गोलमा बराबरी गरेपछि खैबार अमानीले अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन नसक्दा अफघानिस्तानले जित्ने अवसर गुमायो ।
अफघानिस्तान ४ खेलमा २ अंक सहित समूहको पुछारमा छ भने जोर्डन ८ अंक सहित शिर्षस्थानमा छ ।
February 1, 2025
सुशील पन्त क्षेत्री, चितवन प्याराडाइज युथ क्लब रत्ननगरले मिनान्नो राइजिङ भरतपुर गोल्डकपको उपाधि जितेको छ । बागमती युथ क्लब सर्लाहीलाई शनिवार १-० ले हराउँदै प्याराडाइज च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा प्याराडाइजलाई च्याम्पियन बनाउन मोहित गुरुङले निर्णायक गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा मैदान प्रवेश गरेका मोहितले […]
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]