default_image

7 years ago

October 10, 2017

पहिलो हाफमा नेपाल १ गोलले पछाडी

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो ।

first half nepal tajakistan

घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर व्यस्त देखिए । पहिलो मिनेटमा अनन्त तामाङ्गले डि बक्सबाट क्लियर गर्दै ताजकिस्तानको आक्रमण रोकेका थिए ।

हाल माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण कुमार लिम्बुले खेलको सुरुआती १० मिनेट भित्र दुई उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिनबाट रोके । चौथो मिनेटमा अलिएभ जाहाङ्गिरको हेड मार्फतको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरेका थिए , रिबाउन्डमा भासिएभले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन । आठौँ मिनेटमा किरणले अन्मार्क्ड रहेका जालिलोभको बक्स भित्रबाटको कडा प्रहारलाई दाँया तर्फ डाइभ गर्दै बचाएका थिए । त्यसको लगतै ९ औं मिनेटमा ताजकिस्तानका जाहाङ्गिरको १८ यार्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दबाबमा सुरुआत गरेको नेपाली टोलीले १४ औं मिनेटमा गोल गर्ने अवसर पाएपनि विमल घर्ती मगरको हेडर बाहिरिएको थियो । सुजल श्रेष्ठले लेफ्ट विङ्गबाट गरेको क्रसमा विमलले हेड राम्रोसङ्ग लागेन ।

ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो । अनन्तले ताजकिस्तानको क्रस ब्लक गर्ने क्रममा विवादास्पद पेनाल्टी पाएको ताजकिस्तानका कप्तान ड्याभरोनोभको राम्रो प्रहारमा गोल गर्दै अग्रता लियो । किरणले सही दिशा तर्फ डाइभ गरेपनि ड्याभरोनोभको शक्तिशाली प्रहारले किरणलाई बिट गरेको थियो ।

पहिलो हाफको अन्तिम समयतिर अन्जनले सुरु गरेको काउन्टर एट्याकमा विमलले पुनः अन्जनलाई दिएको पासमा अन्जनको बक्स भित्रबाटको प्रहार आकाशिएको थियो ।

March 26, 2025

एन्फाको बजेट १ अर्ब ५६ करोड!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]

March 26, 2025

एन्फाले पूर्व अध्यक्ष थापाविरुद्ध पत्रचार गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानविन गरि कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको । दुई दिन सम्म चलेर मंगलवार सकिएको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। विज्ञप्तिमा भनिएको छ  ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र […]

March 26, 2025

नर्वेको जितमा हालान्डको गोल

एजेन्सी – नर्वेले फिफा विश्वकप २०२६ को युरोपियन छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । नर्वेले बुधबार भएको खेलमा इजरायलविरुद्ध ४-२ को सहज जित निकाल्यो । हङ्गेरीको नाग्येर्देई रंगशालामा भएको खेलमा नर्वेलाई जित दिलाउन डेभिड मोलर उल्फ, अलेक्जेन्डर सोर्लोथ, क्रिस्टोफर अजर र एर्लिङ हालान्डले गोल गरे । इजरायलका लागि मोहम्मद अबु फानी र डोर […]

Success

Thank you for your time.