7 years ago
October 10, 2017
सिड्नी (एजेन्सी) – युद्धग्रस्त मुलुक सिरियाको अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबल खेल्ने सपना अधुरो रहेको छ ।प्ले अफको दोस्रो लेगमा युद्धग्रस्त राष्ट्र सिरिया अष्ट्रेलियासँग २–१ ले तथा समग्रमा ३–२ को हार बेहोरेपछि सिरियाको पहिलोपटक विश्वकप खेल्ने सपना चक्नाचुर भएको छ ।
अष्ट्रेलियालाई जिताउन दुवै गोल टिम काहिलले गरे भने ओमार अल सोमाहले सिरियाका लागि गोल गरे । अष्ट्रलियासँग पराजित भएसँगै खेलमा शुरुवाती अग्रता पनि सिरियाले नै लिएको थियो । छैटौ मिनेटमा ओमार अल सोमाहको गोलबाट सिरियाले शुरुवाती अग्रता लिएको थियो । तर, सिरियाको त्यो अग्रता लामो समय टिक्न सकेन । १३ औं मिनेटमा टिम काहिलले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काए ।
त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०९ औं मिनेटमा काहिलले गोल गर्दै अष्ट्रेलियालाई जित दिलाए । सिरियाविरुद्ध दुई गोल गरेसँगै टिम काहिलले अन्तर्राष्ट्रिय गोल सङ्ख्या ५० पुर्याएका छन् ।
अब अष्ट्रेलियाले अन्तिम प्ले अफको रुपमा पानामा र होन्डुरसबीचको विजेतासँग खेल्नेछ । फाइनल चरणको प्ले अफ नोभेम्वरमा हुनेछ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]