default_image

7 years ago

October 10, 2017

नेपालको सुरुआती ११ सार्वजनिक – तीन स्ट्राइकर सुरुआत गर्दै

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् ।

Ananta and Anjan

प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य चौधरीले नेपाली टोलीको रक्षापङ्क्ति सम्हाल्ने छन् । विशाल राई , रोहित चन्द , अन्जन विष्ट र सुजल श्रेष्ठलाई मिडफिल्डमा उतारेका कोजीले ३-४-३ को फर्मेसन अपनाउने छन् ।

त्यस्तै नियमित कप्तान विराज महर्जन सुरुआत नगर्दा भरतले कप्तानीको जिम्मेवारी पाएका छन् ।

नेपाली सुरुआती ११ : किरण (गोल किपर), अनन्त , देवेन्द्र , आदित्य , रोहित , विशाल , अन्जन , सुजल , विमल, जर्ज प्रिन्स , भरत

March 25, 2025

काठमाडौ रेजर्सको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]

March 25, 2025

एन्फा कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]

March 25, 2025

नेपाली फुटबल टोलीले अर्को इतिहास रच्ला?

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]

Success

Thank you for your time.