7 years ago
October 10, 2017
साओपाउलो (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलको छनोट चरण अन्र्तगतको दक्षिण अमेरिकी छनोटका अन्तिम खेलहरु बुधबार बिहान हुदैछ ।
बिश्वकपमा सोझै स्थान बनाइसकेको पाँच पटकको विश्व विजेता ब्राजिलले घरेलु मैदानमा चिलीको सामना गर्दैछ । यस खेलको कप्तानी फ्रेन्च लिग वान क्लब पिएसजीका डिफेन्डर मार्किन्युसले गर्ने भएको छ ।
ब्राजिलको मुख्य प्रशिक्षकमा टिटे आएपछि ब्राजिलको कप्तानको आर्मब्याड लगाउने मार्किन्युस १३ औं खेलाडी बनेका छन् । यसअघि बोलिभियाविरुद्धको खेलको कप्तानी स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर क्यासमिरोले गरेका थिए । उक्त खेल बराबरीमा सकिएको थियो ।
बिश्वकपमा स्थान बनाइसकेको ब्राजिल यो खेलमा पराजित भएपनि अंक तलिकामा कुनै फेरबदल हुने छैन । चिलीलाई भने ब्राजिलविरुद्धको खेल निकै महत्वको छ । बिश्वकपमा स्थान बनाउन चिलीलाई यो खेल जित्नैपर्ने दबाव छ ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]