7 years ago
October 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध नेपाली टोली आज दोस्रो पटक भिड्दै छ । घरेलु मैदानमा २-१ ले पराजित नेपाली टोली जितको लक्ष्य सहित ताजकिस्तान पुगेको हो ।
नेपाल समूह ‘एफ’ को पुछारमा रहेको छ । नेपालको १ अंकमात्र छ । छनोटका अहिले सम्मका ३ खेलमा नेपालले एउटा जित पनि हासिल गर्न सकेको छैन ।
छनोटको अर्को चरणको सुरुआत हुँदा हार वा बराबरीले नेपालको चुनौति लगभग समाप्त हुनेछ । समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, यमन ४ अंकसहित दोस्रो र ३ अंक जोडेको ताजकिस्तान तेस्रो स्थानमा छ । समूहका शीर्ष दुई टोली अर्को बर्ष युनाइटेड अरब इमिरेट्स( युएई) मा हुने एसियन कपको अन्तिम चरणका लागि छनोट हुनेछन् ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ , विकेश कुथु , एलन न्यौपाने
डिफेन्डर : विराज महर्जन , अनन्त तामाङ , आदित्य चौधरी , कमल श्रेष्ठ , देबेन्द्र तामाङ , जितेन्द्र कार्की , दीनेश राजवंशी
मिडफिल्डर : हेमन्त थापा मगर , विशाल राई , हेमन गुरुङ , अञ्जन बिष्ट , सुजल श्रेष्ठ , राजेन्द्र रावल , विक्रम लामा , रोहित चन्द , सुनिल बल
फरर्वाड : भरत खवास , नवयुग श्रेष्ठ , विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]