7 years ago
October 10, 2017
आइसल्याण्ड (एजेन्सी) – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा सोझै स्थान बनाउन सफल भएको हो ।
आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । आइसल्याण्डले सन् २०१६ को युरोकपमा पनि सनसनीपूर्ण प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म स्थान बनाएको थियो ।
क्वार्टरफाइनलसम्म पुगेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । आइसल्याण्डको जितमा ४० औं मिनेटमा गिल्फी सिगुडसन र ६८ औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे ।
आइसल्याण्डले छनोट चरणका १० मध्ये ७ खेलमा जित निकालेको थियो । यस्तै समूह ‘आई’ अन्तर्गत राति नै भएको खेलमा युक्रेनलाई २–० ले हराएको क्रोएसियाले प्ले–अफमा स्थान बनाएको छ । अर्को खेलमा टर्की र फिनल्याण्डले २–२ को बराबरी खेले ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]