7 years ago
October 10, 2017
अल्वानिया (एजेन्सी) – चारपटको विश्व विजेता इटाली अर्काे वर्ष रुसमा हुने रसिया विश्वकपको प्ले अफको लागि छनोट भएको छ ।
कम्तीमा पनि प्ले अफमा स्थान बनाउन जित्नै पर्ने खेलमा अल्वानियालाई उसैको मैदानमा १–० ले पराजित गरेपछि इटालीले प्ले अफमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, इटालीले दोस्रो हाफमा एक गोल गर्न सफल भयो । ७३ औं मिनेटमा एन्टेनियो क्यानड्रिभाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । इटालीका लियोनार्दाेले क्रस गरेको बललाई अल्वानियाका एङ्गोलीले क्लियर गर्न नसेकेको बललाई एन्टेनियो क्यानड्रिभाले नियन्त्रणमा लिदै गोल गर्न सफल भएको थियो ।
यो समूहबाट एक खेल अगावै स्पेनले विश्वकपमा स्थान बनाइसकेको थियो । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले इजरायललाई १–० ले पराजित ग¥यो । अर्काै खेलमा म्यासेडोनियाले लिचेस्टानइनलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]