7 years ago
October 9, 2017
इक्वेडर (एजेन्सी) – दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलका लागि अर्जेन्टिना इक्वेडर पुगेका छन् । अर्जेन्टिनाको टिमलाई त्यहाँको सुरक्षकर्मीले अत्यन्तै कडा सुरक्षकाबीच होटलमा लगेको थियो ।
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विश्वकप यात्रा निकै कठिन मोडमा रहेको छ । समुन्द्री सतहबाट ९ हजार फिट माथिको उचाईमा हुने खेलमा अर्जेन्टिना जितेमा कम से कम प्ले अफ मार्फत छनोट हुने सम्भावना जीवित राख्छ । तर बराबरी खेलेमा अर्जेन्टिनाले अन्य खेलमा निर्भर रहनु पर्नेछ । अर्जेन्टिना र इक्वेडरबीच बुधबार बिहान खेल हुुदैछ ।
दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७० देखि कुनै पनि विश्वकपमा बाहिर रहेको छैन । यसअघिको उपविजेता अर्जेन्टिना गएको बिहाबार भएको खेलमा पेरुसँग गोलरहित बराबरी रोकिएर अर्जेन्टिना थप समस्यामा परेको हो ।
दक्षिण अमेरिकी क्षेत्रबाट अहिलेसम्म ब्राजिलले मात्र विश्वकपमा स्थान सुरक्षित गरेको छ । १० राष्ट्र सहभागी यो क्षेत्रबाट चार टिमले सोझै विश्वकपमा स्थान बनाउने छ । पाँचौ स्थानमा अन्त्य गर्ने टिमले प्ले अफ मार्फत छनोट हुने सम्भावना बोक्नेछ ।
यस क्षेत्रबाट ब्राजिलसँगै उरुग्वेले विश्वकपमा केही हदसम्म यात्रा सुरक्षित गर्दा चिली, कोलम्बिया, पेरु, अर्जेन्टिना र पाराग्वेको विश्वकपमा पुग्ने उत्तिकै सम्भावना छ । यि टिमबीच मात्रै दुई अंकको फरक छ । यस्तोमा बुधबार बिहान १० टोलीले अन्तिम छनोट खेल खेल्दैछ । ब्राजिलले चिली, पाराग्वेले भेनेजुएला, पेरुले कोलम्बिया, उरुग्वेले बोलिभिया तथा इक्वेडरले अर्जेन्टिनाको सामना गर्दैछ ।
दक्षिण अमेरिकी क्षेत्रबाट पाँचौं स्थानमा रहने टोलीले प्ले–अफ खेल्न पाउनेछ । एक खेल बाँकी हुँदा अर्जेन्टिना भने छैटौं स्थानमा छ । अर्जेन्टिनाले कम्तिमा पाँचौं स्थानमा रहनका लागि इक्वेडरसँगको अन्तिम खेल अनिवार्य जित्नुपर्छ । यो खेल जित्दै पाँचौ स्थानमा अन्त्य गरेमा उसले विश्वकपमा स्थान बनाउनका लागि न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्नु पर्नेछ ।
त्यस्तै चौथो र पाँचौ स्थानका रहेका पेरू र कोलम्बियाविच बराबरीको नतिजा आएमा अर्जेन्टिनाले जितेमा चौथो स्थानमा रहँदै सोझै विश्वकपमा स्थान बनाउने छ । त्यस्तै चिलीले ब्राजिलसँग अंक गुमाउँदा पनि अर्जेन्टिनालाई फाइदा रहनेछ ।
पाँचौं स्थानमा रहेको पेरुले चौथौ स्थानको कोलम्बियासँगको अन्तिम खेलमा बराबरी गरेमा र अर्जेन्टिनाले इक्वेडरलाई हराउन नसकेमा लियोनेल मेस्सीको अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ । तर गणितीय सम्भावनालाई आधार मान्ने हो भने अर्जेन्टिनाको तेस्रो हुनसक्ने सम्भावना पनि जीवित छ । त्यसकोलागि अर्जेन्टिनाले खेल जित्नु पर्ने छ भने अन्य खेलमा चिलीले अंक गुमाउनु पर्ने छ भने पेरु र कोलम्बियाको खेल बराबरीमा सकिनु पर्नेछ ।
यस्तोमा जर्ज साम्पाओलीको अर्जेन्टिना निश्चित जितको लक्ष्यसहित सोमबार इक्वेडर पुगेको छ । अर्जेन्टिनाले इक्वेडरको घरेलु मैदानमा १६ वर्ष यता जित हात पार्न सकेको छैन । त्यसक्रममा अर्जेन्टिनाले इक्वेडरसँग तीन खेलमा प्रतिस्पर्धा गरेका थिए । इक्वेडर भने छनोटबाट बाहिरिसकेको छ ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]