7 years ago
October 9, 2017
म्युनिख (एजेन्सी) – रसिया विश्वकपलाई स्थान सुरक्षित गरिसकेको डिफेन्डिङ च्याम्पियन जर्मनीले समूह चरणको अन्तिम खेलमा फराकिलो जित हात पारेका छन् ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीले अजरबैजानलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकप छनोटको यात्रा सुखद रुपमा समाप्त गर्यो । अजरबैजानलाई पराजित गरेसँगै जर्मनीले विश्वकप छनोटमा अपराजित रहन सफल भयो । समूहको १० खेलमा जर्मनीले शतप्रतिशत जित निकाल्यो । छनोट खेलमा जर्मनी अहिलेसम्म अपराजित रहने टोली हो । एकपक्षीय बनेको खेलमा जर्मनीलाई जिताउन लियोन गोरेट्काले २ तथा स्यान्ड्रो वाङ्गर, एन्टोनियो रुडिगर र इम्री क्यानले १–१ गोल गरे । घरेलु मैदानमा जर्मनीले लियोन गोरेट्काको गोलबाट खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । जोसवा किम्मिचको कर्नर प्रहारलाई लियोन गोरेट्काले ब्याक हिल गोल गरेका थिए । राम्रो खेल पस्केपनि जर्मनीले ३४ औं मिनेटमा बराबरी गोल खान पुग्यो । रमिल सेदायवले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा जर्मनीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिदै चार गोल गर्न सफल भयो । स्यान्ड्रो वाङ्गरले खेलको ५४ औं मिनेटमा गोल गरेपछि जर्मनीले खेलमा पुनः अग्रता लियो । खेलको ६४ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गरेपछि खेल ३–१ को अवस्थामा पुग्यो । त्यसको दुई मिनेटपछि लियोन गोरेट्काले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेल सकिन ९ मिनेट बाँकी रहँदा इम्री क्यानले गोल गरेपछि जर्मनीले सहजै खेल ५–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
समूह ‘सी’ कै अर्काे खेलमा नर्वेसँग परािजत भएपनि नर्दन आयरल्याण्ड प्ले अफलाई छनोट हुन सफल भएको छ । नर्वेमा खेलिएको खेलमा नर्दन आयरल्याण्ड क्रिष ब्रन्टको आत्मघाती गोलमा १–० गोल अन्तरले पराजित भएको हो । ७१ औं मिनेटमा जोनसेनको क्रसलाई क्लियर गर्न खोज्दा ब्रन्टले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।
हारपछि पनि समूहको दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्डको १० खेलबाट १९ अंक रहेको छ । यो समूहकै अर्काे खेलमा चेक रिपब्लिकले सान मारिनोमाथि ५–० को फराकिलो जित निकाल्यो । चेकको जितमा मिकेल क्रिमिसिकले २ तथा जान कोपिक, फिलिप नोभाक र भाकलाभ काडलेकले १–१ गोल गरे । सानमारिनो माथि फराकिलो जित निकाले पनि चेक विश्वकपलाई छनोट हुन सकेन ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]