7 years ago
October 8, 2017
बेलारुस (एजेन्सी) – समूह चरणको एक खेल बाँकी रहँदा डच टिम नेदरल्याण्डको रसिया विश्वकपको छनोट हुने झिनो सम्भावना कायम रहेको छ ।
युरोपियन छनोट अन्र्तगत समूह ‘ए’ को खेलमा घरेलु टोली बेलारुसलाई ३–१ ले पराजित गर्दै नेदरल्याण्डले छनोटको झिनो आशा कायमै राखेको हो । जितपछि तेस्रो स्थानमा रहेको नेदरल्याण्डको ९ खेलबाट १६ अंक छ । अब नेदरल्याण्डले समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्न सके कम्तीमा पनि प्ले अफ खेल्ने सम्भावना जीवितै हुन्छ । तर स्वीडेनविरुद्धको जितले मात्रै नेदरल्याण्ड प्ले अफमा पुग्न सक्दैन । उसले स्वीडेनलाई ७–० भन्दा फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने हुन्छ । जुन अकल्पनीय हुनेछ ।
बेलारुसमा भएको खेलको २५ औँ मिनेटमा नेदरल्याण्ड्सका लागि डेभी प्रोपरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५५ औँ मिनेटमा माक्सिम भोलोड्कोले बराबरी गोल गरेपछि दबाब बढेको थियो । खेलको ८४ औँ मिनेटमा नेदरल्याण्ड्सका आर्जेन रोबेनलाई बेलारुसका खेलाडी सेर्जेई बालानोभिचले लडाएपछि नेदरल्याड्सले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई गोलमा परिणत गर्दै रोबेनले नेदरल्याड्सलाई २–१ को अग्रता दिलाए । त्यस्तै खेल सकिनै लाग्दा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याड्सलाई ३–१ को जित दिलाए ।
यही समूहको अर्काे खेलमा फ्रान्सले बुल्गेरियामाथि १–० को कठिन जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । फ्रान्सको महत्वपूर्ण जितमा खेलकमो तेस्रो मिनेटमा ब्लेस म्याथुडीले गरेको गोल नै निर्णायक बन्यो । अब नेदरल्याण्डले बेलारुसँग बुधबार राति खेल्नेछ । यो खेलमा जित निकाले फ्रान्स विश्वकपलाई सोझै छनोट हुनेछ ।
शीर्ष स्थानमा रहेको फ्रान्सको २० र दोस्रो स्थानमा रहेको स्वीडेनको १९ अंक रहेको छ । नौ समूह रहेको युरोपबाट समूह विजेता सिधै विश्वकपका लागि छनोट हुनेछन् । आठ वटा समूहको उपविजेता टोलीले प्ले–अफ खेल्नेछन् । त्यसमध्येबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन् ।
छनोट चरणका अन्य खेलका नतिजाहरु
बोस्निया हर्ज गोभिनाविरुद्ध बेल्जियम ३–४
गिल्वाटारविरुद्ध इस्टोनिया ०–६
साइप्रसविरुद्ध ग्रीस १–२
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]