7 years ago
October 8, 2017
एन्डोरा (एजेन्सी) – क्रिष्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ ।
युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान खेलबाट २७ अंक रहेको छ ।
पोर्चुगललाई जिताउन रियल म्याड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा बेन्चमा रहेको रोनाल्डो दोस्रो हाफको शुरुमै मैदान प्रवेश गर्दै गोल गर्न सफल भएको हो । रोनाल्डोले ४६ औं मिनेटमा गिल्सन मार्टिन्स्को स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । रोनाल्डोले जोओ मारियोको पासलाई गोलमा परिणत गरेका थिए । छनोट खेलमा रोनाल्डोको यो १५ औं गोल हो ।
घरेलु टोली एन्डोरामाथि एकपछि अर्काे आक्रमण बुनेको पोर्चुगलका लागि ८६ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै अग्रता दोब्बर पार्यो । सिल्भाले दाया क्षेत्रबाट ड्यानिलोले दिएको पासलाई सदुपयोग गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चगलले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
अब पोर्चुगलले समूहको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डसँग बुधबार राति खेल्दैछ । खेल पोर्चुगलमा हुदैछ । यो खेलमा जित हात पारे पोर्चुगल सिधै विश्वकपलाई छनोट हुनेछ ।
यही समूहको अर्काे खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डले हंगेरीलाई ५–२ को गोल अन्तरले पराजित गर्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । अर्काे खेलमा फरोह आइल्याण्ड र लातभियाले गोलरहित बराबरी खेले ।
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]