7 years ago
October 6, 2017
काठमाडौं (एजेन्सी) – एएफसी एसियन कप छनोटअन्तर्गतको समूह चरणको चौथो खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेका छ।
ताजिकिस्तान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले बिदाई गरे । नेपाली टोली आजै राति ९ बजे ताजिकिस्तान प्रस्थान गर्नेछ । नेपालले असोज २४ गते ताजिकिस्तानसँग खेल्दैछ । यसअघि नेपालमै गत भदौं २० गते भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले छनोटमा अझै तीन खेल बाँकी रहेकाले छनोट हुने विश्वास ब्यक्त गरे । अध्यक्ष श्रेष्ठले नेपाली टोलीले तिहारको उपलक्ष्यमा ताजिकिस्तानलाई पराजित गर्दै सारा नेपालीलाई खुशी दिनेमा आफु विश्वस्त रहेको बताए । कप्तान विराज महर्जनले ताजिकिस्तान नेपालकै स्तरको टिम रहेकाले विगतका गल्तीलाई सुधार्दै निश्चित जितको लागि खेल्ने बताए ।
एन्फाले दुई दिन अघि मात्रै २३ सदस्यीय टिमको घोषणा गरेको थियो । समूह ‘एफ’मा रहेको नेपालको तीन खेलबाट १ अंक जोड्दै तालिकामा पुछारमा छ । नेपाल रहेको समूहमा फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा रहँदा ५ अंकसहित यमन दोस्रो तथा ३ अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा छ ।
नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग अवे खेल बाँकी छ ।
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]