default_image

7 years ago

October 6, 2017

अर्जेन्टिनाको गोलरहित बराबरीमा रोकियो , छनोटको सम्भावना जीवितै

65 views

0 Bookmark

ब्युनर्स आयर्स (एजेन्सी) – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन

Argentina Peru

पेरुसँगको बराबरीको नतिजा सँगै अर्जेन्टिना एक खेल बाँकी रहँदा अर्जेन्टिना प्लेअफ भन्दा पनि तल अर्थात छैटौं स्थानमा झरेपछि विश्वकप यात्रा थप जटिल बन्दै गएको हो अर्जेन्टिनाको १७ खेलबाट २५ अंक छनोट चरण पेरुविरुद्धको खेलमा जित हात पारेको भए अर्जेन्टिनाले एक खेल बाँकी रहँदा कम्तीमा प्ले अफको खेल स्थान सुरक्षित गर्ने थियो दक्षिण अमेरिकी क्षेत्रबाट चार राष्ट्रले सोझै छनोट हुने प्रावधान भने एक राष्ट्रले प्ले अफ खेल्न पाउने व्यवस्था

छनोट चरण अन्र्तगत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले खेलभर पेरुमाथि दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो भेनेजुएलाविरुद्धको खेलमा रहेका पाँच खेलाडीलाई परिवर्तन गरेपनि अर्जेन्टिनाले पेरुलाई हराउन सकेन अर्जेन्टिनाले पहिलो हाफमै गोल गर्ने तीन सुन्दर अवसर खेर फालेको थियो कप्तान लियोनेल मेस्सीले १३ औं मिनेटमा गोलको सुन्दर मौका खेर फालेको थियो २४ औं मिनेटमा एन्जल डि मारियाले अर्काे सुन्दर मौका खेर फाल्दा अग्रता लिनबाट चुकेको थियो ३९ औं मिनेटमा पेरुका तीन डिफेन्डरलाई छलाउदै मेस्सीले करिव २५ यार्ड टाढाको प्रहार पोष्टबाट थोरै बाहिरिएको थियो दोस्रो हाफको शुरुमै मेस्सीको प्रहार पोष्टमका लाग्दै बाहिरियो ५७ औं मिनेटमा एलेजान्द्रो गोमेजले अर्काे गोलको मौका खेर फाल्यो एकपछि अर्काे लगातार पोष्ट आक्रमण गरेको अर्जेन्टिनाका लागि ६१ औं मिनेटमा रिगोनीले अर्काे मौका खेर फाल्दा अर्जेन्टिनी समर्थक चुकचुकाउनु परेको थियो ७५ औं मिनेटमा मेस्सीको पासलाई गोमेजले सदुपयोग गर्न सकेनन् इन्जुरी समयमा पाउलो गुरेरोले अर्काे सुन्दर मौकालाई खेर फाल्दा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो पेरुले पनि समय समयमा अर्जेन्टिनाको पोष्टमा आक्रमण बुुनेपनि गोल गर्न सकेनन्

अर्जेन्टिनाले विश्वकपमा स्थान बनाउन अन्तिम खेल कुर्नुपर्ने  अर्जेन्टिनाले ११ अक्टोबरमा इक्वेडरको घरेलु मैदानमा खेल्नेछ उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउने यता अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको पेरुले सन् १९८२ पछि विश्वकप खेल्ने आधार बनाएको पेरु दक्षिण अमेरिकी छनोटमा पाचै स्थानमा उक्लेको पेरुको १७ खेलबाट २५ अंक भने समान २५ अंक नै रहेको अर्जेन्टिना गोल अन्तरमा छैटौ स्थानमा झरेको पेरुले घरेलु मैदानमा कोलम्बियासँग खेल्नेछ

दक्षिण अमेरिकी छनोटको अन्य खेलको नतिजा

भेनेजुएलाविरुद्ध उरुग्वे

चिलीविरुद्ध इक्वेडर

कोलम्वियाविरुद्ध पाराग्वे

March 23, 2025

चर्च ब्वाइज तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

Success

Thank you for your time.