default_image

7 years ago

October 5, 2017

इङ्ल्यान्डलाई स्लोभेनियाको परिक्षा , जिते विश्व कपमा स्थान बनाउने

81 views

0 Bookmark

लन्डन (एजेन्सी) – वेम्ब्ली मैदानमा इङ्ल्यान्डले स्लोभेनियाको सामना गर्दा ग्यारेथ साउथगेटको टोलीलाई विश्व कपमा स्थान बनाउन जित काफी रहनेछ । हाल समूहको शिर्षस्थानमा रहेको इङ्ल्यान्डले यस खेलमा जित निकाले एक खेल अघि नै रुस विश्व कपमा स्थान पक्का गर्ने छ ।

Kane

समूह ‘एफ’ अन्तर्गत दुई खेल बाँकी रहेको इङ्ल्यान्डको २० अंक छ भने दोस्रो र तेस्रो स्थानमा स्लोभेकिया र स्लोभेनियाको क्रमसः १५ ४ १४ अंक छ । इङ्ल्यान्डले २ अंक ल्याएमा अन्य टोलीको नतिजा पर्खनु पर्दैन । पहिलो खेलमा बराबरी गरेपनि दोस्रो स्थानको स्लोभाकियाले अंक गुमाएमा इङ्ल्यान्डले स्वतः विश्व कपमा स्थान पाउनेछ ।

घरेलु टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले यस खेलका लागि टोटेनह्याम हटस्पर्सका स्ट्राइकर ह्यारी केनलाई कप्तान चुनेका छन् । त्यस्तै स्पर्सका अर्का खेलाडी डेली अल्ली भने यस खेलका लागि प्रतिबन्धित छन् ।

स्लोभेनियासँगको अघिल्लो ५ भेटमा इङ्ल्यान्ड ४ जित र १ बराबरीसँगै अपराजित छ । घरेलु मैदानमा राम्रो लयमा रहेको इङ्ल्यान्ड अघिल्लो ८ घरेलु मैदानका खेलमा अपराजित छ ।

त्यस्तै समूहको अन्य खेलमा दोस्रो स्थानमा रहेको स्लोभाकिया स्कटल्यान्डको भ्रमणमा छ भने पुछारका दुई टोली माल्टा र लिथुआनिया पनि भिड्दै छन् । माल्टा अहिलेसम्मका सबै खेलमा पराजित भएको छ ।

March 23, 2025

एपिएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]

March 22, 2025

एपिएफ महिला फुटबल च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]

March 22, 2025

मौसमका कारण आयोजक र एपिएफबीचको खेल स्थगित

सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]

Success

Thank you for your time.