7 years ago
October 4, 2017
लिस्बोन (एजेन्सी) – विश्व कप छनोट चरणको खेलका लागि हाल पोर्चुगेली टोलीसँग रहेका रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले एक्लै प्रशिक्षण गरेका छन् ।
पोर्चुगेली फुटबल संघले आधिकारिक पुष्टि नगरेपनि स्थानीय संचार माध्यम अनुसार रोनाल्डोलाई चोटको कुनै समस्या हुन दिन पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सावधानी अपनाएका हुन् । रोनाल्डोले एन्डोरासँगको खेलमा खेल्ने स्थानीय मिडियाहरुले जनाएका छन् ।
विश्व कप छनोट अन्तर्गत अन्तिम दुई खेलमद्धेको पहिलो खेलमा पोर्चुगलले शनिबार एन्डोराको सामना गर्दै छ । दोस्रो खेलमा समूहको शिर्षस्थानमा रहेको स्विट्जरल्याण्डसँग पोर्चुगल मङ्गलबार भिड्ने छ ।
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]